आईतवार, आश्विन २०,२०८१ 02:58:05
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 02:58:05
IME remit
Global IME Bank Limited

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफद्वारा ३० लाखको बीमालेख प्रदान

Hyundai Nepal
नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफद्वारा ३० लाखको बीमालेख प्रदान
Nabil Bank Limited

काठमाण्डौ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रेका चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ ।

काभ्रे तेमाल गाँउपालिका–९ चोपाटार घर भईहाल ललितपुर महानगरपालिका– २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय तामाङलाई कम्पनीले असोज १६ गते सम्मान गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

उनलाई कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गर्नुभएका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ३० लाख बीमाङ रकमको बीमालेख सहित रु.११ हजार नगद सम्मान स्वरुप प्रदान गरे ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले भने, ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको छु । सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।’

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.