मंगलवार, फाल्गुन १९,२०८२ 02:02:05
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 02:02:05
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।  

कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ ।  

कम्पनीले २०८२ असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत(सम्वृद्ध जीवन बीमा एकल, सम्वृद्ध जीवन बीमा नियमित, बम्पर श्रीवृद्धि जीवन बीमा, सुनौला किरण बीमा र बाल जीवन किरण बीमा) ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले सावधिक तथा आजीवन बीमालेख(अमूल्य जीवन बीमा) अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

अग्रिम भुक्तानी सावधिक(वैभव जीवन बीमा, जीवन उन्नति एकल र जीवन उन्नति नियमित) अन्तर्गत जीवन बीमा अन्तर्गतका ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ।    

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा(सम्मुन्नती वार्षिक) योजना अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि २३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २५ रुपैयाँ र २० देखि २४ वर्षका लागि २७ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै महालक्ष्मी सावधिक जीवन बीमा(सुपर सुरक्षित बीमा) योजना अन्तर्गत ५ देखि १४ वर्षे अवधिका लागि ४५ रुपैयाँ, १५ देखि २४ वर्षका लागि ४६ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ५२ रुपैयाँ निर्धारण गरिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

महालक्ष्मी सरल जीवन बीमा (निर्धक्क जीवन बीमा)योजना अन्तर्गत ५ देखि १४ वर्षका लागि ५२ रुपैयाँ र १५ र सो भन्दा माथिका लागि ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

महालक्ष्मी जीवन हेरचाह बीमा(चामत्कारिक हेरचाह बीमा) योजनाअन्तर्गत ५ देखि १४ वर्षका लागि ५० रुपैयाँ र १५ र सो भन्दा माथिका लागि ५५ रुपैयाँ तोकिएको छ । कम्पनीले महालक्ष्मी बालबचत बीमा योजनाअन्तर्गत ५ देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ र २० वा सोभन्दा माथिका लागि ३९ रुपैयाँ निर्धारण गरेको छ ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा(लोकप्रिय धनफिर्ता बीमा)योजना अन्तर्गत सबै अवधिका लागि ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनाअन्तर्गत सबै अवधिका लागि ४५ रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा(सर्वश्रेष्ठ आजीवन बीमा) योजनाअन्तर्गत सबै अवधिका लागि ३८ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.