बिहीबार, श्रावण २१,२०८३ 12:03:17
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:03:17
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट सम्पन्न

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट सम्पन्न
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट– २०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट– २०८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।  

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।  

उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडी बढ्न हौसला प्रदान गरेका थिए । साथै, आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन गरेका थिए ।

कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमाबजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराएका थिए ।  

उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको थियो । त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.