काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण विद्यमान बीमितहरूलाई पहिचान विवरण (केवाईसी) अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी कानूनी व्यवस्था २०८२ अनुसार ग्राहक विवरण अद्यावधिक गर्न आवश्यक भएको जनाएको हो।
कम्पनीका अनुसार बीमितहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र तथा हालसालै खिचिएको फोटोसहित नजिकको शाखा वा उप–शाखामा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्नुपर्नेछ।
कार्यालयमा उपस्थित हुन असमर्थ ग्राहकहरूले सम्बन्धित बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक फोन नम्बरमार्फत समेत विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले केवाईसी अद्यावधिक प्रक्रिया बीमितहरूको हित संरक्षण, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा भविष्यमा सहज सम्पर्क स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पारेको छ।
कम्पनीले सबै बीमितहरूलाई सकेसम्म छिटो आफ्नो पहिचानसम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

