सोमबार, भाद्र १,२०८३ 04:38:27
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 04:38:27
Bizshala
Global IME Bank Limited

सिईडिबि हाईड्रोपावरको नाफामा २०२% को उछाल, ईपीएस ३५.११ रुपैयाँ पुग्यो

सिईडिबि हाईड्रोपावरको नाफामा २०२% को उछाल, ईपीएस ३५.११ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो ।  

कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत १० करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४५.९१ प्रतिशतले बढी हो । कम्पनीले गत आवको असोज मसान्तसम्म ४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Bizshala
CG Motors

कम्पनीको खर्च भने ४१.३८ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ८९ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ८९ करोड ६ लाख र १ अर्ब ६२ करोडबराबरको जम्मा पूँजी तथा दायित्व रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३५.११,प्रतिसेयर नेटवर्थ १४७,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.