बुधबार, आश्विन २८,२०८३ 09:16:08
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:16:08
Bizshala
Global IME Bank Limited

सुधारको बाटोमा एनएमबी लघुवित्तको वित्तीय अवस्था, खुद नाफा र आम्दानीलगायतका सूचकमा सुधार

Bizshala
सुधारको बाटोमा एनएमबी लघुवित्तको वित्तीय अवस्था, खुद नाफा र आम्दानीलगायतका सूचकमा सुधार
New Office

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले अधिकांश सूचकमा सुधार गरेको देखिएको हो ।  

कम्पनीले यो अवधिमा आम्दानी बढाएर घाटाबाट उम्कदै नाफा आर्जन गर्नुका साथै खराब कर्जा अनुपात पनि घटाएको छ । कम्पनीले यो अवधिमा ८ करोड ८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ५ करोड ७४ लाख रुपैयाँबराबरको.खुद ब्याज आम्दानी गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो अवधिमा कम्पनीले ९९ लाख ७७ हजार रुपैयाँबराबरको शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

कम्पनीले सेयर प्रिमियम शीर्षकमा ७ करोड २९ लाख रुपैयाँ छ्ट्टाएको छ । रिटेन्ड अर्निङ ५ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार २० करोड २ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ग्राहकहरुबाट १ अर्ब ३० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यस्तै कम्पनीले यो अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । 

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ४८ लाख ४ हजार रुपैयाँ रहेको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ७.२७ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात घटेर ६.३७ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८०७.४९ रुपैयाँ र तरलता अनुपात १०.९७ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.