मंगलवार, आश्विन १३,२०८३ 09:45:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:45:47
Bizshala
Global IME Bank Limited

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

Bizshala
पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
New Office

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छेन । आयोजनाबाट उत्पादन हुने २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द रहेको र आयोजना पुनः निर्माण तथा मर्मत कार्य भईरहेको हुदा यस आवको प्रथम त्रैमास सम्ममा आम्दानी हुन नसकेको कम्पनीले जनाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीले आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेण्ट समेतमा क्षति हुन गएकोले र सो को मर्मत कार्य सम्पन्न गरि इलेक्ट्रो मेकानिकल इक्यूपमेण्टको जडान कार्य सम्पन्न गरिअसोज १५ गतेबाट आयोजनाबाट बिद्युत उत्पादन गर्ने तयारी भएको कम्पनीले जनाएको छ र गत असोज ११ र १२ गतेको नेपाल अधिराज्य भर आएको बर्षाले हेवा खोलामा आएको वाढीले आयोजनालाई पुनः क्षति पुयाएको हुनाले आयोजना संचालन गर्न नसकिएको र दोस्रो पटकको बाढीले करिव ५५ करोडको क्षति हुन गएको पर्वानुमान गरिएको छ । आयोजनको डुवानमा परेको पावर हाउस, स्विचयार्ड, एक्सेसरोड, लगायतका कार्यको पुन निर्माण गर्न करिव ३ महिना लाग्ने अनुमान गरि सो अवधिभित्रमा सम्पन्न गरि आयोजनाबाट विद्युत उत्पादन सुचारु गर्ने गरि कम्पनीले पुन निर्माणको कार्य थालनी गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।

पहिलो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च २२ लाख ,अन्य सञ्चालन खर्च २२ लाख ९४ हजार र वित्त खर्च ४० लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको रिजर्भको आकार १ करोड १३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ४२ करोड ११ लाख र कुल चालु दायित्व १ अर्ब २८ करोड २४ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस(३.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०५.९८ रुपैयाँ र तरलता अनुपात ०.३३ गुणा कायम भएको छ ।       

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.