मंगलवार, श्रावण १९,२०८३ 02:06:28
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:06:28
Bizshala
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी
New Office

काठमाण्डौ । ब्याज आम्दानीमा कमी आउँदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिसम्म ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६८ प्रतिशतले धेरे हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ६ लाख रुपेयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५.१२ प्रतिशतले घटेर ६ करोड ५२ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ३३.९५ प्रतिशतले घटेर ५ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब २३ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १२.०६ प्रतिशतले बढेर १३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि २८ करोड ५३ लाखबाट बढेर ३० करोड १९ लाख रुपेयाँ पुगेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा समेत २० करोड ४७ लाखबाट घटेर १३ करोड ४३ लाखमा खुम्चिएको छ । अघिल्लो आवसम्म १७.८४ प्रतिशत रहेको कम्पनीको लाभांश क्षमता समेत घटेर १४.४० प्रतिशत कायम भएको छ ।  

यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात पनि बढेको छ । खराब कर्जा अनुपात १.९१ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६३२.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८०.८५ गुणा र तरलता अनुपात २३.४८ प्रतिशत कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.