मंगलवार, माघ ८,२०८१ 12:38:54
IME remit
  • मंगलवार, माघ ८,२०८१ 12:38:54
IME remit
Global IME Bank Limited

प्रिमियममा आइपीओ ल्याएका चार जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
प्रिमियममा आइपीओ ल्याएका चार जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा प्रिमियममा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनी निकै चर्चामा छ । प्राथमिक सेयर निष्कासनमा सर्वसाधारणबाट अंकित मूल्य भन्दा थप रकम लिएकै कारण यी कम्पनीहरुको सदाबहार चर्चा हुने गर्दछ ।  

आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले सर्वसाधारणहरुमा प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । सिटिजन लाइफ बाहेक तीनवटा कम्पनीले गत आवमा लगानीकर्तालाई उत्कृष्ट लाभांश समेत दिएको थियो । यरकारण पनि दोस्रो बजारमा उक्त कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।  

सेयर कारोबारमा उक्त कम्पनीका स्टक चर्चामा रहेपनि लगानीकर्ताहरुले सेयर खरिद गर्नुअघि कम्पनीको आधारभुत पक्ष अर्थात् वित्तीय अवस्था बुझ्न जरुरी हुन्छ । यदि भर्खरै बजार प्रवेश गरेका नयाँ लगानीकर्ता अर्थात् पुरानै लगानीकर्ताले उक्त चार जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्न चाहेमा ती कम्पनीहरुको वित्तीय अवस्थाको बारेमा जानकारी राख्नैपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको आधारमा उक्त चार जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ, र वित्तीय सूचकका आधारमा कुन कम्पनीमा लगानी गर्दा कम जोखिम र फाइदा हुन सक्न भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन ।  

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक मानिन्छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । पहिलो त्रैमाससम्म रिलायबल नेपाल लाइफले सर्वाधिक १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

खुद बीमाशुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । चालु आवको पहिलो त्रैमाससम्ममा सिटिजन लाइफले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कोषको आधारमा  

बीमा कोष बीमकहरुको प्रमुख सूचक हो । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम जीवन बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । समिक्षा अवधिसम्म जीवन बीमा कोषमा सबैभन्दा धेरै सिटिजन लाइफको १५ अर्ब ७४ करोड रुपैयाँ संचित छ ।  

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी÷नाफा) र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । यो कोषले विपत्तीको अवस्थामा कम्पनीले कति जोखिम गर्न सक्छ भन्ने निर्धारण हुन्छ । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् । पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङ र महाविपत्ती कोषमा सबैभन्दा धेरै आइएमई लाइफले रकम छुट्याएको छ । रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड ४१ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

Muktinath Bikas Bank Limited

चुक्तापुँजीको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीको चुक्तापुँजी कति छ, त्यो बुझ्न जरुरी हुन्छ । चुक्तापुँजी बढी भएका कम्पनीको सेयर बजारमा सहजै खरिद गर्न पाउने भएकाले त्यस्ता कम्पनीको सेयर ह्वात्तै नबढ्ने चान्स बढी हुन्छ । चुक्तापुँजी कम भएका कम्पनीका सेयर भने खरिद बढ्न सक्ने हुनाले त्यस्ता कम्पनीको सेयर पनि उल्लेख्य बढ्न सक्ने सम्भावना बढी हुन्छ । चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा कम चुक्तापुँजी सिटिजन लाइफको ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । चालु आवको तीन महिनासम्ममा सबैभन्दा धेरै दाबी भुक्तानी सिटिजन लाइफले १ अर्ब ६४ करोड रुपैयाँ गरेको छ ।  

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफले २ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी इपीएस रिलायबल नेपाल लाइफको १७.१९ रुपैयाँ छ ।    

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । रिर्पोटअनुसार सबैभन्दा बढी नेटवर्थ सिटिजन लाइmको १८०.१३ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात ९पीई रेसियो० सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा कम पीई रेसियो रिलायबल नेपाल लाइफको २९.८ गुणा रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.