बुधबार, श्रावण २०,२०८३ 04:17:36
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 04:17:36
Bizshala
Global IME Bank Limited

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन
New Office

काठमाण्डौ । आम्दानीमा उल्लेख्य वृद्धि हुँदा रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  

कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १२ करोड १ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १९८.२४ प्रतिशतले बढी हो ।  

कम्पनीको कुल सञ्चालन खर्च १ करोड १९ लाख रुपैयाँबाट बढेर २ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार भने २१ करोड ४८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १६ करोड रुपैयाँ र कुल चालु दायित्व ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.६१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९६.१८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.६८ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.