रिडी पावरको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाण्डौमामा सम्पन्न भएको हो ।कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

