आईतवार, असार १४,२०८३ 02:25:52
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:25:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिडी पावरको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
रिडी पावरको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाण्डौमामा सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको असार ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ ।

सभाले विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक र संसोशन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी समेत दिएको छ । 

त्यसै गरी सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको संचालक समितिलाई अख्तिारी पनि दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सञ्चालक समितिका अध्यक्ष नेपालले सभामा बोल्दै कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने सेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु एवंम् अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । 

अध्यक्ष नेपालले कम्पनीको २५ औं बार्षिक साधारणसभा भव्यरुपले मनाउने सभामा बताएका छन् । कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.