शनिबार, श्रावण २,२०८३ 11:40:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:40:14
Bizshala
Global IME Bank Limited

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी,विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.