सोमबार, श्रावण १८,२०८३ 10:19:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:19:36
Bizshala
Global IME Bank Limited

रिडी पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

रिडी पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । रिडी पावर रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर बनेको कम्पनी हो । सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ । यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ ।  

कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।

आधारभूत पक्षः  

यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १३ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कूल पूँजी २ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ५५ लाख ९५ हजार रुपैँया रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा र बुक भ्यालु ९४.२७ रुपैयाँ मात्रै रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिडको इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिडको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यदि फियर एण्ड ग्रिड इन्डेक्समा यस्तो इन्डेक्स ० देखि २० सम्म भएमा स्ट्रङ बियरिस, २० देखि ४० सम्म भएमा बियरिस , ४० देखि ६० सम्मलाई न्यूट्रल बुझिन्छ । ६० देखि ८० सम्म बुलिस र ८० देखि माथि एस सयसम्मलाई बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ ।  

यो कम्पनी हाल ६० को विन्दुमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । हाल २६७ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनी ५२ साताको उच्च मूल्य ३०० र न्यून मुल्य १६० रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिसत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड भन्दा माथी टिकेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर नजिक रहेको देखिन्छ भने हिस्टोग्राम पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसाआई न्यूट्रल जोनबाट माथी ५७ को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस यात्रामा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३२८

प्रतिरोध २ – ३१०

प्रतिरोध १–  २८६

पिभट् प्वइन्टः २६८

घटेमा सपोर्ट 

सपोर्ट १– २४४

सपोर्ट २– २२६

सपोर्ट  ३ –२०२

निष्कर्षः हालसम्मको वित्तीय अबस्थाको आधारमा आधारभूत रुपमा यो कम्पनी कमजोर नै देखिन्छ । प्रतिसेयर आम्दानी जम्मा ३२ पैसा र बुक भ्यालु ९४ रुपैयाँ मात्रै रहेको देखिन्छ । कम्पनीका केही आयोजना निर्माण हुने चरणमा नै रहेको कारण कम्पनीको वित्तिय रिपोर्ट हालको लागि भने खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा भने यो कम्पनीको सेयरमा बिस्तारै लगानीकर्ताहरुको आकर्षण बढ्दै गरेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्ट तथा अन्य इन्डिकेटरमा पनि बुलिस बन्दै गरको दखिन्छ ।  

नोेटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.