शनिबार, श्रावण २,२०८३ 11:29:22
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:29:22
Bizshala
Global IME Bank Limited

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि
New Office

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम वैशाख २० गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।  

कम्पनीको अवितरित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता १४८.१० रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.