शनिबार, श्रावण २,२०८३ 11:33:05
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:33:05
Bizshala
Global IME Bank Limited

रिडी पावरको साधारण सभा कात्तिकमा, यस्ता छन् मुख्य अजेण्डा

रिडी पावरको साधारण सभा कात्तिकमा, यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ लगानी स्वीकृति गर्ने, नियमकारी निकाय निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य सेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२ का लागि बाह्य लेखा परीक्षकको

निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारणसभाको प्रयोजनका लागि कम्पनीले कार्तिक २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २८ गतेसमम नेप्सेमा कारोबार भई, कायम भएका  सेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.