काठमाण्डौ । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि २.५५ बढ्दै १५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ३४ लाख र मर्मत तथा सम्भार खर्च ८८ लाख २९ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ र तरलता अनुपात १.०७४ प्रतिशत कायम भएको छ ।