आम्दानी बढेसँगै बिन्ध्यवासिनी हाइड्रोको नाफा ३६% ले वृद्धि
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको विदूत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

