काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा सुदिप आर्चाय नियुक्त भएका छन् । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्चायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्तीलाई आगामी साधारण सभाबाट अनुमोदन गराइने कम्पनीले जनाएको छ ।
यस्तै सोही दिन बसेको सञ्चालक समितिको बैृठकले यसअघिका सञ्चालक सन्दिप आर्चायको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।