काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको विदूत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.३६ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड २७ लाख आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ७२ लाख कमाएको थियो ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ४८ लाख र मर्मत तथा सम्भार खर्च १४ लाख ४३ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको वित्त खर्च ३ करोड २२ लाख रहेको छ । १ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ६९ लाख र कुल चालु दायित्व १५ करोड ८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.७२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.८८ रुपैयाँ,र तरलता अनुपात १.२४ गुणा कायम भएको छ ।

