काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८ औं वार्षिक साधारण सभाको निर्णयानुसार दुईजना स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।
नवनियुक्त हुने सञ्चालमा सतिस शर्मा र सुशिल खड्का रहेका छन् । दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।