काठमाण्डौ । अपर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा ५ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
यल्पी यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा १३ लाख ५६ हजार रुपैयाँ थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको प्रशासनिक खर्च ३ लाख ७८ हजार र हा्रसकट्टी खर्च १ लाख २५ हजार रुपैयाँ रहेको छ । ५० करोड ९८ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिडेन्ड अर्निङ ८० लाख २९ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । यो अवधिसम्म कम्पनीले ५६ करोड ७५ लाख रुपैयाँबराबरको कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ७५ लाख र कुल चालु दायित्व १५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) त्रैमासिक ०.१० रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९८.४३ रुपैयाँ कायम भएकोृ छ ।