आईतवार, बैशाख ६,२०८३ 07:10:22
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 07:10:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा ७४१% को उछाल आउदा अन्य सूचकको अवस्था कस्तो ?

Bizshala
सिद्धार्थ बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा ७४१% को उछाल आउदा अन्य सूचकको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकले अधिकांश वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । बैंकले समीक्षा अवधिसम्म अघिल्लो आवको तुलनामा ७४१.४१ प्रतिशत बढी नाफा आर्जन गरेको छ ।  

बैंकले यो अवधिमा ३८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड २८ लाख रुपेयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ६ प्रतिशतले बढाउदै २ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने २ अर्ब ६९ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । बैंकले सम्भावित घाटाका लागि १ अर्ब ५० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । यो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशतबाट बढेर ३.९१ प्रतिशत पुगेको छ ।  

यस्ते बैंकको रिटेन्ट अर्निङ ३६ करोड ६६ लाख रुपैयाँबाट घटेर २६ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १३ अर्ब २१ करोड रुपैयाँबाट घटेर १४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।  

२ खर्ब ४३ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले समीक्षा अवधिसम्म २ खर्ब ८४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१.७२ रुपैयाँ, पीई अनुपात ३५.४० गुणा र तरलता अनुपात २७.९१ प्रतिशत कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.