सोमबार, माघ १२,२०८२ 02:25:33
Bizshala
  • सोमबार, माघ १२,२०८२ 02:25:33
Bizshala
Global IME Bank Limited
Bizshala

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक
Shivam Cement

काठमाण्डौ । आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रो हाईड्रोपावरको नाफा धनात्मक हुन पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १३ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्य्ुत बिक्री आम्दानी पनि बढाएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म विद्य्ुत बिक्रीमार्फत २ करोड ३ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म भने ४ करोड ६६ हजार रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९६.६१ प्रतिशतले धेरै हो ।  

Bizshala
Garima Development Bank
New Office

त्यस्तै कम्पनीले १ करोड १५ लाख रुपैयाँबराबरको अन्य आम्दानी पनि गरेको छ । कम्पनीले समीक्षा अवधिमा कर्मचारीका लागि ३६ लाख १३ हजार रुपैयाँबराबर खर्च गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १६.३२ प्रतिशतले कम हो । कम्पनीले प्रशासनिक तथा साधारण खर्च समेत ५६.८३ प्रतिशतले घटाउँदै २६ लाख ४० हजार रुपैयामा झारेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च समेत घटेर २ करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको कुल खर्च भने १४.१० प्रतिशतले घट्दै ४ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ । १९ करोड ९४ लाख रुपैयाँले रिजर्भ ऋणात्मक भएको कम्पनीले सेक्युरिटी प्रिमियम शीर्षकमा १८ करोड १५ लाख रुपैयाँ छ्ट्टाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीले यो अवधिसम्म ७० करोड ५६ लाख रुपैयाँ दीर्घकालिन कर्जा र १७ करोड २७ लाख रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०७.७५ गुणा र तरलता अनुपात १५.९४ प्रतिशत कायम भएको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.