मंगलवार, कार्तिक २४,२०८३ 08:08:39
  • मंगलवार, कार्तिक २४,२०८३ 08:08:39
Global IME Bank Limited

भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

Bizshala
भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश
New Office

काठमाण्डौ । इटहरीको भाटभटेनी सुपरमार्केटबाट किनेको स्पेनमा उत्पादित ‘पास्कुअल बिग डे’ दहीमा ढुसी भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोही ब्याचका सबै प्याकेट बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। आदेशमा F-272 25 S ब्याचको पाश्चराइज्ड दही बिक्री–वितरण रोक्न पनि भनिएको छ।

इटहरीका एक उपभोक्ताले कात्तिक २२ गते किनेको दही त्यही दिन खोल्दा ढुसी देखिएको भन्दै खरिद बिल र प्रमाणसहित उजुरी दिएका थिए। त्यसपछि तिहारको सार्वजनिक बिदाकै बीच विभाग मातहतका विराटनगर र सुनसरी कार्यालयको ‘र्‍यापिड रेस्पोन्स तथा अलर्ट टोली’ले कात्तिक २३ गते निरीक्षण गरेको थियो। विभागले सोही निरीक्षण प्रतिवेदनका आधारमा कात्तिक २४ गते फिर्ता आदेश जारी गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्याकेटको ढकनीमा कुन नम्बर हेर्ने?

विभागले सार्वजनिक गरेको तस्बिरमा ‘Pascual Big Day Forest Fruits & Cereals’ लेखिएको कपको सिलमा F-272 25 S ब्याच नम्बर छ। त्यसमा उत्पादन मिति २१ मार्च २०२६ र उपभोग्य मिति २० फेब्रुअरी २०२७ उल्लेख छ। उपभोग्य मिति बाँकी छँदै ढुसी देखिएको उजुरीपछि विभागले यही ब्याचलाई फिर्ता आदेशमा समेटेको हो।

इटहरीमा उजुरी परे पनि सबै बिक्रीस्थलबाट उठाउनुपर्ने

यो दही स्पेनको बर्गोसस्थित कालिदाद पास्कुअल एसएयूले उत्पादन गरेको हो। नेपालमा बुढानीलकण्ठ–९, मण्डिखाटारस्थित ‘गुर्मे भियना मिट एन्ड मोर प्रोडक्ट्स कम्पनी प्रालि’ले आयात गरेको विभागको आदेशमा उल्लेख छ। उजुरी परेको प्याकेटको खुद्रा विक्रेता भाटभटेनीको इटहरी शाखा हो। विभागले भने आयातकर्ता र विक्रेतालाई उक्त ब्याच पुगेका सबै बिक्रीस्थलबाट प्याकेट संकलन गर्न भनेको छ।

Garima Development Bank
Bizshala
IME remit

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ अन्तर्गत जारी आदेशअनुसार फिर्ता गरिएका प्याकेट उचित तरिकाले भण्डारण गर्नुपर्नेछ। प्रयोगशाला परीक्षणको नतिजा र थप अनुसन्धान प्रतिवेदन आएपछि विभागका प्राविधिक प्रतिनिधि र स्थानीय प्रशासनको उपस्थितिमा तिनको व्यवस्थापन गरिनेछ।

विभागले यस्ता खाद्यवस्तु बेच्ने व्यवसायीलाई चिसो शृंखला कायम गर्न र सिलबन्द प्याकेट टुटे–फुटेको वा चुहिएको छ कि छैन भनी यकिन गरेर मात्र बिक्री गर्न पनि भनेको छ। ढुसी लाग्नुको कारण र उक्त ब्याचका कति प्याकेट बजारमा पुगेका थिए भन्ने विवरण आदेशमा खुलाइएको छैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.