काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार राति करिब ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बाटो बन्द हुँदा रातिको यात्रामा रहेका यात्रुहरू राजमार्गमै अलपत्र परेका थिए ।
यसअघि हिजो दिउँसो पनि घोप्टेभीरमै पहिरो खसेको थियो । त्यतिबेला पहिरो पन्छाएर सडक खुलाउन नौ घण्टा लागेको थियो । दिउँसोको अवरोध हटेको केही घण्टामै फेरि पहिरो खस्दा सोही खण्डमा यातायात दोस्रोपटक रोकिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।