सोमबार, कार्तिक २३,२०८३ 09:47:31
  • सोमबार, कार्तिक २३,२०८३ 09:47:31
Global IME Bank Limited

पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

Bizshala
पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा
New Office

काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कीर्तिपुरमा हुने दुई खेलले प्लेअफको दौडलाई थप रोचक बनाउनेछन् । जितविहीन पोखरा एभेन्जर्सलाई आफ्नो सम्भावना जोगाउन कर्णाली याक्सविरुद्ध जित चाहिएको छ । साँझ चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्दा दुवै टोलीको लक्ष्य शीर्ष चारमा आफ्नो पकड बलियो बनाउने हुनेछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली र पोखराबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । चितवन र काठमान्डुबीचको दोस्रो खेल साँझ ५ बजे हुनेछ । लिग चरणका १८ खेलपछि लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज शीर्ष चारमा छन् । आठै टोलीले सात–सात खेल खेल्ने लिग चरणबाट शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कर्णालीलाई लय फर्काउने मौका पोखरालाई हार्ने छुट छैन

चार खेलबाट चार अंक जोडेको कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किङ्सलाई चार विकेटले हराएको थियो । त्यसपछि काठमान्डुसँग चार विकेट र सुदूरपश्चिमसँग ३९ रनले पराजित भयो । सुदूरपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याउँदा कर्णाली १३७ रनमै रोकिएको थियो । पोखराविरुद्ध जिते कर्णालीको ६ अंक हुनेछ र लुम्बिनी तथा चितवनसँगका बाँकी दुई खेलअघि प्लेअफको दाबेदारी बलियो बन्नेछ ।

पोखराले भने चारै खेल गुमाएको छ । सुदूरपश्चिमसँग ६ विकेट, जनकपुरसँग नौ रन, लुम्बिनीसँग आठ विकेट र चितवनसँग ३० रनले हारेको पोखरा अंकतालिकाको पुछारमा छ । कर्णालीपछि उसले विराटनगर र काठमान्डुसँग खेल्नेछ । तीनै खेल जिते पनि पोखरा अधिकतम ६ अंकमा पुग्नेछ । त्यसैले प्लेअफको सम्भावना आफ्ना तीन जितसँगै अरू टोलीका नतिजामा पनि निर्भर छ ।

Garima Development Bank
Bizshala
IME remit

काठमान्डु चौथो जितको खोजीमा चितवनलाई उछिन्ने अवसर

पहिलो खेलमा जनकपुरसँग हारेको काठमान्डुले त्यसपछि कर्णाली, विराटनगर र लुम्बिनीलाई लगातार हराएको छ । चार खेलबाट ६ अंक जोडेको काठमान्डुले आज जिते आठ अंक पुर्‍याउनेछ । त्यसपछि उसले सुदूरपश्चिम र पोखरासँग खेल्न बाँकी रहनेछ ।

चितवनको चार खेलबाट पाँच अंक छ । विराटनगर र पोखरालाई हराएको चितवन सुदूरपश्चिमसँग पराजित भएको थियो । वर्षाका कारण लुम्बिनीसँगको खेल नतिजाविहीन भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । आज जिते चितवन सात अंकसहित काठमान्डुलाई उछिन्नेछ । चितवनका बाँकी दुई खेल जनकपुर र कर्णालीसँग छन् ।

अघिल्ला दुई संस्करणमा आज भिड्ने दुवै जोडीले एकअर्काविरुद्ध एक–एक जित बाँडेका छन् । यसपटक दिउँसोको नतिजाले पोखराको बाँकी बाटो र कर्णालीको दाबेदारी तय गर्नेछ भने साँझको खेलले शीर्ष चारभित्रै काठमान्डु र चितवनको स्थानमा असर पार्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.