पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा
काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कीर्तिपुरमा हुने दुई खेलले प्लेअफको दौडलाई थप रोचक बनाउनेछन् । जितविहीन पोखरा एभेन्जर्सलाई आफ्नो सम्भावना जोगाउन कर्णाली याक्सविरुद्ध जित चाहिएको छ । साँझ चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्दा दुवै टोलीको लक्ष्य शीर्ष चारमा आफ्नो पकड बलियो बनाउने हुनेछ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली र...

