काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले कात्तिक २३ गते जारी गरेको बुलेटिनअनुसार दिउँसो देशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।
राति पनि हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी भूभागमा राति पनि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।