सोमबार, कार्तिक २३,२०८३ 10:48:43
  • सोमबार, कार्तिक २३,२०८३ 10:48:43
Global IME Bank Limited

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

Bizshala
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी
New Office

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए । अर्का पूर्वराजदूतले रुस छाडेको महिनौँसम्म पनि कसैले पछ्याइरहेको छ कि भनेर बारम्बार पछाडि फर्केर हेर्थे । युक्रेनमाथि रुसले सन् २०२२ मा पूर्णस्तरको आक्रमण थालेपछि मस्कोमा काम गरेका पाँच कूटनीतिज्ञसँग बीबीसीले गरेको कुराकानीमा यस्ता अनुभव बाहिर आएका हुन् ।

सन् २०२३ देखि २०२५ सम्म मस्कोमा अमेरिकी राजदूत रहेकी लिन ट्रेसीका लागि रुसको जिम्मेवारी तीन दशक लामो कूटनीतिक जीवनकै सम्भवतः सबैभन्दा कठिन काम थियो । सन् २००८ मा पाकिस्तानको पेशावरमा सशस्त्र आक्रमणबाट जोगिएकी ट्रेसीले ज्यानको जोखिम हुँदाहुँदै पनि त्यहाँको काम केही हिसाबले मस्कोभन्दा सजिलो लागेको बताइन् । उनका अनुसार पेशावरमा केही कुरा आफ्नो नियन्त्रणमा रहेको अनुभूति हुन्थ्यो । मस्कोमा भने निरन्तर निगरानी र अनिश्चितताले काम झन् कठिन बनायो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दूतावाससँग भेट्ने रुसी नागरिक पनि दबाबमा

एक पूर्वराजदूतका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले दूतावासका दुई स्थानीय कर्मचारीलाई त्यहाँ हुने गतिविधिको सूचना दिन दबाब दिएको थियो । दुवैले त्यसबारे दूतावासलाई जानकारी दिए । सम्भावित कानुनी कारबाहीबाट जोगाउन उनीहरूलाई कामबाट हटाइएको ती पूर्वराजदूतको भनाइ छ ।

पश्चिमी कूटनीतिज्ञसँग सम्पर्कमा रहने रुसी नागरिकले पनि दबाब खेपेको बीबीसीको रिपोर्टमा उल्लेख छ । गत जुनमा बेलायती राजाको जन्मदिनका अवसरमा मस्कोस्थित बेलायती राजदूतको निवासमा आयोजित कार्यक्रममा पुगेका केही पाहुनाले क्रेमलिन समर्थक कार्यकर्ता र सरकारी सञ्चारमाध्यमका पत्रकारले आफूहरूलाई दुःख दिएको तथा प्रहरीले सोधपुछ गरेको बताएका छन् । तीमध्ये एकले त्यसपछि पश्चिमी दूतावासका कैयौँ निम्तो अस्वीकार गरेको बताए ।

मस्कोले आफूले ‘अमैत्रीपूर्ण’ मानेका देशका कूटनीतिज्ञमाथि जासुसीको आरोप लगाउँदै आएको छ । पश्चिमी देशमा तैनाथ रुसी कूटनीतिज्ञले पनि आफूमाथि भेदभाव भएको गुनासो गरेका छन् । बीबीसीसँग कुरा गरेका पश्चिमी कूटनीतिज्ञ भने रुसमा गुप्तचर निगरानीको दायरा अझ व्यापक रहेको बताउँछन् ।

Garima Development Bank
Bizshala
IME remit

कर्मचारीको तलब जुटाउन कार बेचेको रकम

युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिका र युरोपेली देशले सयौँ रुसी कूटनीतिज्ञलाई निष्कासन गरे । जवाफमा मस्कोले पनि सयौँ पश्चिमी कूटनीतिज्ञलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्‍यो । त्यसपछि कर्मचारी अभाव खेपिरहेका कतिपय दूतावासलाई वित्तीय प्रतिबन्धका कारण दैनिक खर्च जुटाउनसमेत कठिन भयो ।

एक पूर्वराजदूतका अनुसार उनको दूतावासमा कर्मचारीलाई तलब दिन नगद अभाव भएको थियो । त्यही बेला रुसबाट निष्कासित अर्का कूटनीतिज्ञले आफ्नो कार बेचेर पाएको रुबल सुटकेसमा भरेर दूतावास ल्याएका थिए ।

सरकारी सम्पर्क खुम्चिँदा राजदूतकै भर

युक्रेनमाथि आक्रमण सुरु भएपछि युरोपमा राजदूत फिर्ता बोलाउनेबारे बहस चलेको थियो । रुसका लागि फ्रान्सका तत्कालीन राजदूत पियरे लेवीले भने सम्बन्ध बिग्रँदै जाँदा मस्कोमा कूटनीतिज्ञको उपस्थिति झन् आवश्यक हुने भन्दै पेरिसलाई राजदूत फिर्ता नबोलाउन आग्रह गरेका थिए ।

एक पूर्व युरोपेली राजदूतका अनुसार मस्को र कतिपय पश्चिमी सरकारबीच मन्त्रीस्तरीय भेटघाट र फोन संवादसमेत लगभग ठप्प छन् । यस्तो अवस्थामा आफ्नो सरकारको धारणा मस्कोसम्म पुर्‍याउने जिम्मा राजदूतकै काँधमा छ । ट्रेसीका लागि भने सर्वसाधारणबीचको सम्पर्क जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण थियो । कुनै दिन दुई सरकारबीच सम्बन्ध सुधार्ने अवसर आए नागरिक तहमा बाँकी रहेका सम्बन्धले त्यसलाई अघि बढाउन मद्दत गर्ने उनको विश्वास छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.