बुधबार, कार्तिक २५,२०८३ 08:52:40
  • बुधबार, कार्तिक २५,२०८३ 08:52:40
Global IME Bank Limited

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

Bizshala
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?
New Office

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव अझै भेटिएको छैन । तर झन्डै ६ साताको सुनुवाइपछि भर्जिनियाको जुरीले मंगलबार उनका पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्या तथा शव लुकाएको र शवको अपमान गरेको तीनवटै कसुरमा दोषी ठहर गरेको छ । NBC4 Washington

सुनुवाइको अन्तिम चरणमा नरेश आफैं साक्षीको कठघरामा उभिए । उनले ममताको शव टुक्र्याएर फालेको स्वीकारे, तर हत्या गरेको आरोप अस्वीकार गरे । ममताले आत्महत्या गरेको र आफूले उनलाई घरमै मृत अवस्थामा भेटेको उनको दाबी थियो । जुरीसमक्ष मुख्य प्रश्न थियो, ममताको मृत्यु कसरी भयो र त्यसमा नरेशको भूमिका के थियो?

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

डीएनएदेखि निगरानी क्यामेरासम्म

अभियोजन पक्षले अदालतमा फरेन्सिक परीक्षण, निगरानी क्यामेराका दृश्य र फोन तथा सवारीसाधनको अभिलेख पेस गरेको थियो । एउटा आराको भित्री भागबाट समेत लिइएका नमुना ममताको डीएनए प्रोफाइलसँग मेल खाएको परीक्षणमा देखिएको थियो । दम्पतीको सुत्ने कोठाको कार्पेटमा लागेको दागको नमुनामा ममता र उनकी छोरीको डीएनए मिसिएको हुन सक्ने बलियो आधार भेटिएको फरेन्सिक विज्ञहरूले बताए । प्रतिरक्षा पक्षले भने उक्त परीक्षणबाट कार्पेटमा रगत कसरी पुग्यो भन्ने खुल्न नसकेको तर्क गर्‍यो ।

ममता बेपत्ता भएको आसपासका दिनमा नरेशले फोहोर राख्ने झोला र सरसफाइका सामग्री किनेको दृश्य पनि अभियोजनले देखाएको थियो । निगरानी क्यामेरामा उनी विभिन्न फोहोर संकलनस्थलमा झोला फाल्दै गरेको देखिएका थिए । नरेशले ती दृश्यमा देखिएका झोलामा ममताका व्यक्तिगत सामान रहेको दाबी गरे । उनले ममताका आफन्त, साथी, छिमेकी र प्रहरीलाई घटनाबारे झुट बोलेको भने जिरहका क्रममा स्वीकारे ।

Garima Development Bank
Bizshala
IME remit

काममा नपुगेपछि सुरु भएको खोजी

ममता भर्जिनियाको यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स थिइन् । सन् २०२४ अगस्ट १ मा उनी काममा नपुगेपछि सहकर्मीहरूले चासो व्यक्त गरे र प्रहरी दम्पतीको घरमा पुग्यो । नरेशले सुरुमा ममतालाई जुलाई २९ मा अन्तिम पटक देखेको बताएका थिए । उनले अगस्ट ५ मा मात्रै ममता हराएको औपचारिक उजुरी दिए । सानी छोरीलाई छाडेर ममता कसैलाई खबर नगरी हिँडेको कुरामा परिवार र साथीहरूले विश्वास गरेनन् । प्रहरीले अगस्ट २२ मा नरेशलाई पक्राउ गर्‍यो । 

मार्च १२ मा सजाय सुनाइने

नरेशलाई सन् २०२७ मार्च १२ मा सजाय सुनाउने मिति तोकिएको छ । प्रथम श्रेणीको हत्या कसुरमा २० वर्षदेखि आजीवन कारावाससम्म हुन सक्छ । शव लुकाएको र शवको अपमान गरेको कसुरमा प्रत्येकका लागि पाँच वर्षसम्म कैद हुन सक्छ ।

जुरीको निर्णयपछि अदालतबाहिर भेला भएका ममताका साथी र स्थानीय नेपाली समुदायका सदस्यहरूले न्याय पाएको प्रतिक्रिया दिए । सुनुवाइको अन्तिम बहसमा सरकारी वकिल सारा सामीले भने परिवारको अझै टुंगो नलागेको पीडातर्फ जुरीको ध्यान खिचेकी थिइन् । ममताको शव कहाँ छ भन्ने खुलेको छैन । परिवारले अझै उनको अन्तिम संस्कार गर्न पाएको छैन ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.