बुधबार, कार्तिक २५,२०८३ 09:18:45
  • बुधबार, कार्तिक २५,२०८३ 09:18:45
Global IME Bank Limited

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

Bizshala
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !
New Office

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क एउटा चिर्कटो पनि थमाए। त्यसमा उनीहरू १५ वर्षका भएको र गिरोहले बन्धक बनाएर राखेकाले सहयोग चाहिएको लेखिएको थियो। महिलाले प्रहरीलाई खबर गरिन्।

चिर्कटो दिने किशोर र उनका साथी पैसा कमाउने काम खोज्दै आफैं गिरोहको सम्पर्कमा पुगेका थिए। अदालतमा पेस भएको विवरणअनुसार एक जनालाई बिक्रीको हिसाब राख्न र अर्कोलाई फ्रे–भालों क्षेत्रको सडकमा लागूऔषध बेच्न लगाइएको थियो। कमाइमा रकम अपुग देखिएपछि गिरोहका नाइकेले दुवैलाई दोष लगाए। त्यसपछि उनीहरूलाई बन्धक बनाएर पटकपटक कुटपिट गरियो। एक किशोरमाथि बलात्कारसमेत भएको अदालतलाई जानकारी दिइएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चिर्कटो दिएको केही घण्टापछि दुवैले झ्यालबाट भाग्ने प्रयास गरे। एक जना उम्किए। अर्का किशोरलाई गिरोहले फेरि समात्यो। कुटपिट र चक्कु प्रहारबाट घाइते भएका उनी पनि बाँचे। अनुसन्धानका क्रममा घटनामा मुछिएका एक व्यक्तिको फोनमा अरू घाइते युवाका तस्बिरसमेत फेला परे। दुई किशोरमाथि भएको अपराधमा ६ जनालाई कडा सजाय सुनाइएको बीबीसीले जनाएको छ। 

सामाजिक सञ्जालबाट देशभरका किशोरसम्म

मार्सेईका लागूऔषध गिरोहबारे महिनौं अनुसन्धान गरेको बीबीसीले किशोरहरूलाई लागूऔषध ओसारपसार र बिक्रीदेखि अपहरण, यातना र हत्यासम्मका काममा परिचालन गरिएको विवरण सार्वजनिक गरेको छ। अनुसन्धानको केन्द्रमा छ ‘डीजेड माफिया’। यो गिरोहले सन् २०२३ मा प्रतिद्वन्द्वी समूहसँगको हिंसात्मक संघर्षपछि मार्सेईमा आफ्नो प्रभाव बढाएको थियो।

Garima Development Bank
Bizshala
IME remit

बीबीसीले सामाजिक सञ्जालमा चालक र सामान पुर्‍याउने व्यक्तिदेखि हत्या गर्नेसम्मको खोजी गरिएका पोस्ट फेला पारेको जनाएको छ। कतिपय पोस्टमा कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएका आकर्षक तस्बिर प्रयोग गरिएको थियो। प्रहरीका अनुसार यस्ता पोस्टको प्रभावमा पेरिस, नान्त र लीलजस्ता टाढाका सहरबाट पनि किशोरहरू मार्सेई पुग्ने गरेका छन्। भर्ती हुने कतिपय किशोरको यसअघि अपराधसँग कुनै सम्बन्ध थिएन। पारिवारिक कठिनाइमा परेका र कमाइको बाटो खोजिरहेका किशोरको परिस्थितिको फाइदा गिरोहले उठाउने गरेको अधिकारीहरू बताउँछन्।

बीबीसीले उद्धृत गरेको फ्रान्सको सरकारी तथ्यांकअनुसार सन् २०२५ मा १० हजारभन्दा बढी नाबालिग कुनै न कुनै रूपमा लागूऔषध तस्करीमा संलग्न थिए। यो देशभरको तथ्यांक हो। पक्राउ पर्ने नाबालिगको संख्या पनि बढिरहेको अधिकारीहरूले बताएका छन्।

गिरोह छाड्न खोज्दा धम्की र हिंसा

डीजेड माफिया छाडेको दाबी गर्ने २० वर्षीय ‘कामिल’ले बीबीसीसँगको कुराकानीमा सुरुमा पैसा र विलासी जीवनको लोभ देखाइने बताए। उनका अनुसार गिरोहले नयाँ सदस्यको कमजोरी थाहा पाएपछि त्यसैलाई दबाब दिने माध्यम बनाउँछ। प्रहरी र न्यायिक अधिकारीहरूका अनुसार कतिपय नाइकेले जेल वा विदेशबाटै सदस्यहरूलाई निर्देशन दिन्छन्। एकपटक गिरोहमा पसेपछि बाहिरिन कठिन हुने उनीहरूको भनाइ छ। 

हत्या सम्बन्धी विभिन्न मुद्दामा अभियुक्त ‘एडम’ले आफू गिरोहको हत्या गर्ने समूहमा रहेको बीबीसीलाई बताएका छन्। उनी अहिले थुनामा छन् र मुद्दाको सुनुवाइ पर्खिरहेका छन्। किशोरावस्थामा लागूऔषध कारोबारबाट छिटो पैसा कमाउन सकिने देखेका उनले वर्षौंपछि आफू प्रवेश गरेको संसारलाई एउटा पासोका रूपमा वर्णन गरे। 

रेस्टुरेन्टमा काम पाएको खबरपछि अस्पतालबाट फोन

उत्तरी फ्रान्सकी क्यारिन ब्रुयारका छोरा ह्युगो पहिलोपटक १५ वर्षको उमेरमा घर छाडेर मार्सेई पुगेका थिए। घरबाट करिब एक हजार किलोमिटर टाढा प्रहरीले उनलाई पैसा र गाँजासहित फेला पारेर परिवारकहाँ फर्काएको थियो।

त्यसको केही वर्षपछि सन् २०२३ मा ह्युगो फेरि दक्षिणी फ्रान्स गए। यसपटक उनले मार्सेईनजिकैको एउटा रेस्टुरेन्टमा बिदाको समयमा काम पाएको बताएका थिए। तीन सातापछि क्यारिनलाई अस्पतालबाट फोन आयो। ह्युगोको टाउकोमा गोली लागेको थियो।

प्रहरीले उनलाई गिरोहको प्रभाव रहेको क्वार्तिए नोर्ड क्षेत्रबाट उपचारका लागि ल्याइएको ठानेको छ। कुनै गिरोहसँग उनको सम्बन्ध थियो कि भन्ने शंका पनि प्रहरीलाई छ। ह्युगोले काम पाएको भनेको रेस्टुरेन्ट वास्तवमै थियो। तर त्यहाँका कर्मचारीले उनलाई काममा नराखेको क्यारिनलाई बताए। छोरामाथि किन गोली चलाइयो भन्ने प्रश्नको जवाफ उनले अझै पाएकी छैनन्।

झन्डै तीन गुणा बढ्यो अवैध बजार

फ्रान्सको लागूऔषध तथा दुर्व्यसनसम्बन्धी अध्ययन संस्था ओएफडीटीका अनुसार फ्रान्सको मुख्य भूभागमा अवैध लागूऔषध बजार सन् २०१० को २ अर्ब ३० करोड युरोबाट सन् २०२३ मा अनुमानित ६ अर्ब ८० करोड युरो पुगेको थियो। सन् २०२३ मा कोकिनको बजार मात्रै ३ अर्ब १० करोड युरोको थियो। कोकिन र क्यानाबिसले मिलेर कुल कारोबारको करिब ९० प्रतिशत हिस्सा ओगटेका थिए। 

बीबीसीलाई फ्रान्सेली प्रहरीले दिएको विवरणअनुसार सन् २०२४ यता डीजेड माफियासँग जोडिएका करिब एक हजार व्यक्ति पक्राउ परेका छन्। तीमध्ये करिब ६ सय जना जेल पठाइएका छन्। पक्राउ परेका वा मारिएका सदस्यको ठाउँ भर्न र कारोबार नयाँ क्षेत्रमा फैलाउन गिरोहले सामाजिक सञ्जालबाट नयाँ सदस्य खोजिरहेको बीबीसीको अनुसन्धानले देखाएको छ।

-बीबीसीबाट

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.