सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको छ । दुवै जना ५० वर्षमुनिका थिए ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका दम्पतीको छोटो अन्तरमै निधन भएपछि परिवार र छिमेकी शोकमा परेका छन् । तिहारको रमझमबीच भएको घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ ।
दुवैको निधनको कारणबारे थप विवरण खुलेको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।