मंगलवार, आश्विन १३,२०८३ 07:01:03
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:01:03
बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध
Capital Market

बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित घलेम्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको प्रसारण अवरुद्ध भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत प्रसारण रोकिएको जनाएको हो।

घलेम्दी हाईड्रोपावर २.६६ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
Capital Market

घलेम्दी हाईड्रोपावर २.६६ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर

काठमाण्डौ । घलेम्दी हाईड्रोपावरको वित्तीय अवस्था झनै खस्किएको छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीको अधिकांश सूचक कमजोर बनेको छ ।आम्दानी घट्दा कम्पनीको घाटा झनै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ४६  लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ ।

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी
Capital Market

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी ३ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ७ करोड ६९ लाख घाटामा थियो ।  कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत १२ करोड ३८ लाख, ब्याज आम्दानी ३ करोड १२...

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो
Capital Market

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ६६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ३० लाख घाटामा थियो ।  तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेको छ । कम्पनीको कुल...

घलेम्दीमा स्टक कर्नरिङ र पम्प एण्ड डम्पको खेल: नियामक हेरेको हेर्‍यै !
Capital Market

घलेम्दीमा स्टक कर्नरिङ र पम्प एण्ड डम्पको खेल: नियामक हेरेको हेर्‍यै !

काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीहरुको मूल्य मिलेमतोमा कसरी माथि उठाइँदैछ भन्ने पछिल्लो उदाहरण बनेको छ घलेम्दी हाइड्रो लिमीटेड । प्रतिसेयर नेटवर्थदेखि प्रतिसेयर आम्दानीसम्म पनि नेगेटिभ रहेको यो कम्पनीमा पछिल्लो समय खेलाडीको एउटा समूह लागेको छ र मूल्य उचाल्ने काम गरिरहेको छ ।  निश्चित सेयर खेलाडीहरुको क्लोज सर्किट बनाएर, सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै यसअघि...

घलेम्दी हाईड्रो १६.९७ लाख घाटामा, आम्दानीमा भने ८०.९९% को सुधार
Capital Market

घलेम्दी हाईड्रो १६.९७ लाख घाटामा, आम्दानीमा भने ८०.९९% को सुधार

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म घाटामै रहेको छ । यो अवधिमा कम्पनीले १६ लाख ९७ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  यद्यपी यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा भने ९६.६० प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक
Capital Market

आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रोको नाफा धनात्मक

काठमाण्डौ । आम्दानी बढ्दा र खर्च कम हुँदा घलेम्दी हाईड्रो हाईड्रोपावरको नाफा धनात्मक हुन पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १३ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्य्ुत बिक्री...

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, रिजर्भ २.६१ करोडले ऋणात्मक
Capital Market

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, रिजर्भ २.६१ करोडले ऋणात्मक

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी भने ४.१७ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड १५ लाख रुपैयाँ...

घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट
Capital Market

घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८३ लाख...

नेप्सेमा दुई कम्पनीको १.१९ करोड कित्ता बढी सेयर सूचीकृत
Capital Market

नेप्सेमा दुई कम्पनीको १.१९ करोड कित्ता बढी सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा घलेम्दी हाईड्रोपावरको २०० प्रतिशत हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड
Capital Market

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत माघ ९ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत माघ २७ गते खोलिएकोमा फागुन २ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो...

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि
Capital Market

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।  कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।  

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००
Market

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।    

घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने
Market

घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.