सोमबार, कार्तिक २,२०८३ 10:34:02
  • सोमबार, कार्तिक २,२०८३ 10:34:02
Global IME Bank Limited

बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध

Bizshala
बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध
New Office

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित घलेम्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको प्रसारण अवरुद्ध भएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत प्रसारण रोकिएको जनाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीका अनुसार असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनको टावरमा क्षति पुर्‍याएको थियो। त्यसपछि आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन नसकिएको हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल विद्युत प्राधिकरणले क्षतिग्रस्त प्रसारण संरचना मर्मत गरी विद्युत प्रसारण पुनः सञ्चालनमा ल्याउन करिब ४ हप्ता लाग्न सक्ने जानकारी गराएको कम्पनीले जनाएको छ।

प्रसारण लाइन पुनः सञ्चालनमा नआएसम्म आयोजनाबाट विद्युत बिक्री प्रभावित हुने देखिएको छ। यसले कम्पनीको विद्युत बिक्री आम्दानीमा समेत असर पार्न सक्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.