काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित घलेम्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको प्रसारण अवरुद्ध भएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत प्रसारण रोकिएको जनाएको हो।
कम्पनीका अनुसार असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनको टावरमा क्षति पुर्याएको थियो। त्यसपछि आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन नसकिएको हो।
नेपाल विद्युत प्राधिकरणले क्षतिग्रस्त प्रसारण संरचना मर्मत गरी विद्युत प्रसारण पुनः सञ्चालनमा ल्याउन करिब ४ हप्ता लाग्न सक्ने जानकारी गराएको कम्पनीले जनाएको छ।
प्रसारण लाइन पुनः सञ्चालनमा नआएसम्म आयोजनाबाट विद्युत बिक्री प्रभावित हुने देखिएको छ। यसले कम्पनीको विद्युत बिक्री आम्दानीमा समेत असर पार्न सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।