काठमाण्डौ । भाइटीकाको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएपछि सशस्त्र प्रहरी बल, नेपालले आज काठमाण्डौ उपत्यकामा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ। टीका लगाउन जाने र फर्कने सर्वसाधारणको सहज आवतजावतका लागि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म बस चल्नेछन्।
तीनवटै बस स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्नेछन्। पहिलो बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर र सातदोबाटो हुँदै बल्खुसम्म पुग्नेछ। दोस्रो बस सीतापाइला, कलंकी, बल्खु र कोटेश्वर हुँदै नयाँ बसपार्कसम्म चल्नेछ।
भक्तपुरतर्फ जाने तेस्रो बस स्वयम्भूबाट कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी र पुरानोठिमी हुँदै सल्लाघारी पुग्नेछ। फर्किँदा यो बस लोकन्थली, बानेश्वर र कलंकी हुँदै स्वयम्भू पुग्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।