काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ।
कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण नेपाल विद्युत प्राधिकरणको दाना–कुस्मा २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो।
कम्पनीका अनुसार क्षतिग्रस्त प्रसारण लाइनका टावरको मर्मत तथा सम्भार सम्पन्न भएपछि असोज ३१ गते रातिदेखि आयोजनाबाट पुनः विद्युत उत्पादन तथा प्रसारण सुरु भएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा रहेको घलेम्दी खोला जलविद्युत आयोजनाको जडित क्षमता ५ मेगावाट रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।