काठमाण्डौ । घलेम्दी हाईड्रोपावरको वित्तीय अवस्था झनै खस्किएको छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीको अधिकांश सूचक कमजोर बनेको छ ।
आम्दानी घट्दा कम्पनीको घाटा झनै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ ।
कम्पनीको आम्दानी पनि ११ करोड ५६ लाखबाट घटेर ९ करोड ६६ लाखमा सीमित बन्न पुगेको छ । खर्च घट्नु भने कम्पनीका लागि सुखद् पक्षको रुपमा रहेको छ । कम्पनीले आफ्नो कुल खर्च १२ करोड २७ लाखमा झारेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको कुल खर्च १३ करोड २९ लाख थियो ।
१ अर्ब ६५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भ भने २६ करोड २८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.६१ रुपैयाँ ऋणात्मक , प्रतिसेयर नेटवर्थ ९५.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९४.९४ गुणाा ऋणात्मक र तरलता अनुपात २०.१९ प्रतिशत कायम भएको छ ।

