IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 03:40:29
IME remit
Global IME Bank Limited

सिंगटी हाईड्रोपावरको खुद नाफा ११३.०५% ले वृद्धि, ईपीएस कति ?

Hyundai Nepal
सिंगटी हाईड्रोपावरको खुद नाफा ११३.०५% ले वृद्धि, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेडको खुद नाफा ११३.०५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड २८ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी ०.२७ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २६ करोड ३५ लाख कमाएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ४३ लाख रुपैयाँ कमाएको थियो । यस्तै कम्पनीले २२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कम्पनीको प्रशासनिक र अन्य साधारण खर्च २ करोड ११ लाख र ब्याज खर्च ७ करोड ९९ लाख रुपैयाँ रहेको छ ।  

चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको सञ्चित मुनाफा १८ करोड ७० लाख रुपैयाँल। ऋणात्मक अवस्थामा छ । यो अवधिसम्म कम्पनीको दीर्घकालिन कर्जा ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.२१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६६.२१ गुणा र तरलता अनुपात ४०.५८ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.