सोमबार, भाद्र १,२०८३ 04:29:16
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 04:29:16
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
New Office

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.१३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले १८ करोड ५७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै संस्थाको कमिशन तथा अन्य सञ्चालन आम्दानी ३३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको रिजर्भको आकार ४.३६ प्रतिशतले बढेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ८.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १४.४३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.