काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३६.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।
यस्तै कम्पनीले ७१ हजार ६७० रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च ४९ लाख ३२ हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च २२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको ३८ लाख रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.३८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०५.५६ रुपैयाँ र रिर्टन अन इक्विटी ७.२५ प्रतिशत कायम भएको छ ।