मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा झण्डै ५० प्रतिशतको गिरावट
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ७७ लाख रुपैयाँ...

