काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख कित्ता सेयरको लकइन अवधि आगामी चैत महिनामा सकिने भएको छ । कम्पनीको कुल ६० लाख ३० हजार ६२८ कित्ता सेयरको लक इन अवधि चैत १९ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक सेयर संख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरुको सेयर संख्या ३२ हजार २८ कित्ता र स्थानीयहरुको सेयर संख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।
संचालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

