काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र वित्त प्रमुख तथा कम्पनी सचिवको राजीनामा स्वीकृत भएको छ । फागुन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुईजनाको राजीनमा स्वीकृत गरेको हो ।
बैठकले कम्पनीका सीईओ विकास खनाल र वित्त प्रमुख तथा कम्पनी सचिव उमेश कुमार उपाध्यायको राजीनामा स्वीकृत गरेको छ । खनालको राजीनामा आगामी चैत २१ गतेदेखि र उपाध्यायको चैत २६ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।