मंगलवार, असार १७,२०८२ 02:23:43
  • मंगलवार, असार १७,२०८२ 02:23:43
Global IME Bank Limited

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा १८१.०१% को उछाल,ईपीएस कति ?

Hyundai Nepal
मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा १८१.०१% को उछाल,ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तु्लनामा १८१.०१ प्रतिशत धेरै हो ।  

अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीको खुद नाफा ६१ लाख ३० हजार रुपैयाँ मात्रै थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि राम्रो सुधार गरेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३८.५० प्रतिशत धेरै  हो ।  

यस्तै कम्पनीले कर्मचारीका लागि २७ लाख ७ हजार र प्रशासनिक तथा अन्य सञ्चालनका लागि ५४ लाख १२ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको वित्त खर्च भने ६ करोड २९ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ३ करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । ४ करोड ४९ लाख रुपैयाँबराबरको नगद मौज्जाद रहेको कम्पनीके अल्पकालिन कर्जा २७ करोड ४४ लाख र दीर्घकालिन कर्जा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी २.२६६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९५.६६ रुपैयाँ कायम भएके छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.