काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६३.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३१ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६५.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड रुपैयाँ कमाएको थियो ।
यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ५७ लाख,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ७० लाख र वित्त खर्च १३ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पानीको वित्त खर्च १० करोड ८० लाख रहेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङको आकार ४ करोड १८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ९५ लाख र कुल चालु दायित्व ४० लाख ३५ हजार रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.७७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०५.५१ रुपैयाँ र रिर्टन अन इक्विटी ६.८६ प्रतिशत कायम भएको छ ।