बिहीबार, आश्विन १,२०८३ 02:38:59
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:38:59
Bizshala
Global IME Bank Limited

अपि पावरको नाफा र आम्दानीमा उल्लेख्य सुधार, ईपीएस १२.५६ रुपैयाँ पुग्यो

अपि पावरको नाफा र आम्दानीमा उल्लेख्य सुधार, ईपीएस १२.५६ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री÷वितरण खर्च ४ करोड २६ लाख , ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ ।    

५ अर्ब ७८ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपेयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस( बढेको छ । अघिल्लो आवमा ०.२९ रुपैयाँले ऋणात्मक रहेको ईपीएस १२.५६ रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८३ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.