शुक्रबार, श्रावण २९,२०८३ 08:47:27
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:47:27
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?

Prabhu Bank Limited
ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा समेत वृद्धि भएको छ । चालु आवको पहिलो त्रेमाससम्ममा संस्थाको खुद नाफामा ६३.०८ प्रतिशतको बढोत्तरी आएको छ ।  

संस्थाले यो अवधिसम्ममा २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो पहिलो त्रैमाससम्म भने संस्थाले १५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ३४.२९ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च १ करोड ५२ लाख र अन्य सञ्चालन खर्च ६१ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २५ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २९ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।  

CG Motors

अघिल्लो आवको पहिलो त्रैमाससम्म ५ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ । संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ८ लाख २ हजार रुपैयाँ छुट्टाएको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ३६ करोड २७ लाख निक्षेप संकलन र १ अर्ब ६७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७०.४० रुपैयाँ,मूल्य आम्दानी अनुपात १९०.७५ गुणा र तरलता अनुपात १०.९८ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X