सपोर्ट लघुवित्तका सञ्चालक अधिकारीको राजीनामा स्वीकृत
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको साउन १८ गते सोमबार अपराह्न ४ बजे बसेको २६६ औं बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

