शुक्रबार, श्रावण २९,२०८३ 08:47:24
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:47:24
Bizshala
Global IME Bank Limited

सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान

Prabhu Bank Limited
सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान
New Office

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व संरचना परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।  

भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गते सुनसरीको इटहरीमा रहेको स्काई लक्सई होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

CG Motors

उक्त सभामा संस्थाको हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको सेयर स्वामित्वमा रहेकोमा यसलाई परिवर्तन गरी संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४० प्रतिशत हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागीता जनाउनका लागि योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X